काठमाडाैं । ‘क्रिकेट वर्ल्ड कप लिग टू’ अन्तर्गतको खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध सानदार जित हात निकालेकाे छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी प्रतियोगिता अन्तर्गतको चौथो खेलमा ७ विकेटको जित हात पारेको हो ।
यसअघि पनि नेपालले पीएनजीविरुद्धको खेल जितेकाे थियाे । नेपाललाई जित दिलाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ५० रन र टप अर्डर ब्याट्सम्यान आरिफ शेखले ५९ रन बनाए ।
दुई जनाको उत्कृष्ट ब्याटिङपछि तीन विकेटको क्षतिमा नेपालले ७८ बल बाँकी रहँदा नै जित हासिल गर्यो ।
नेपालका लागि रोहित पौडेलले ४४ रन बनाउन सके भने आसिफ सेखले जम्मा २ तथा दिपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा १७२ रन बनाएको थियो । त्यसक्रममा कप्तान असद भालाले सर्वाधिक ४५ रन, च्याड सोपरले २२ रन र लेगा सियाकाले २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले नेपालको बलरसामु खुलेर खेल्न सकेनन् ।