बास्काेटाकाे प्रश्न : माओवादी र समाजवादी नामका दक्षिणपन्थी तत्वहरु कुन एजेण्डा बोकेर चुनावमा जान्छन् ?

काठमाडाैं । नेकपा एमालेका नेता गाेकुल बास्कोटाले ‘माओवादी र समाजवादी नामका दक्षिणपन्थी तत्वहरु कुन एजेण्डा बोकेर चुनावमा जान्छन् हेराैँला’ भनी कटाक्ष गरेका छन् ।

एमाले नेता बास्काेटाले माओवादी र समाजवादी पार्टी नेपाली कांग्रेसकाे टाेपी भिरेर अबकाे चुनावमा जाने पनि बताए । उनले भने, ‘माओवादी र समाजवादी नामका दक्षिणपन्थी तत्वहरु कुन आर्थिक सामाजिक कार्यक्रम लिएर चुनावमा जान्छन् । कांग्रेकाे टाेपी भिरेर जान्छन् कि ? समाजवादकाे पुच्छर लगाएर जान्छन् ? प्रश्न याे हाे ।’

अबकाे चुनावमा गठबन्धनलाई पछार्ने दाबी पनि उनले गरे । उनले नेकपा एमाले गठबन्धनकाे भिख मागेर नहिड्ने पनि बताए । उनले काेही गठबन्धन गरेर जाने प्रस्ताव लिएर आउँछन् र ठीक लागेकाे खण्डमा चुनावमा गठबन्धन गरेर जाने सम्भावना पनि जीवित रहेकाे जानकारी गराए ।

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१