सर्लाहीमा जसपा सांसद प्रमोद साहमाथि आक्रमण, सुरक्षा गार्डमाथि पनि कुटपिट

सर्लाही । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ ।

सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० बजे आक्रमण भएको हो ।

उनका साथमा रहेका सुरक्षा गार्डमाथि पनि कुटपिट भएको बताइएको छ । दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बययलबास बजारमा बाटो बनाउने विषयमा शनिबार बिहान सांसद साहसहित दुई पक्षबीच झडप भएको हो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१