कांग्रेस, एमाले र माओवादीले निर्वाचन जितेपनि मुलुक बन्न सक्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले निर्वाचन जितेपनि मुलुक बन्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित राप्रपा कार्यकर्ता भेलामा बोल्दै लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको र मुलुकका लागि केहि गर्न नसकेको भन्दै अव पनि उनीहरुले निर्वाचन जिते मुलुक बन्न नसक्ने बताएका हुन् । उनले असफल भएका दललाई भोट दिएर बिजयी गराए मुलुक नै असफलतातर्फ जाने तर्क गरे ।

उनले तीनै तहको निर्वाचनमा सोचेर भोट दिन आग्रह गरे । उनले आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व पाए मुलुकको मुहार फेर्ने दावी पनी गरे । उनले जनताले पनि निर्वाचनलाई मुलुकको हितका लागि प्रयोग गर्नुपर्ने धारणा राखे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१