बस दुर्घटना हुँदा चारजनाको मृत्यु, २५ जना घाइते

जनकपुर । आइतबार सर्लाहीमा यात्रीवहाक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोरमा बस पल्टिदा बसमा सवार चारजनाको मृत्यु भएको र बसमा सवार २५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिएका छन् ।

गौतमका अनुसार वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख ८५५५ नम्बरको बस फूलजोर खोलामा पल्टिएको हो ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलिसकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घाइतेको विभिन्न स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१