लाेभिपापी गठबन्धनले एमालेलाई जित्न सक्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने दाबी गरेका छन् ।

बुधबार भक्तपुरको सूर्यविनायकमा व्यवसायी दुर्गा प्रसाईँले सञ्चालनमा ल्याएकाे कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने बताएका हुन् ।

उनले गठबन्धनको कुरा मानेर निर्वाचन आयोगले मनोनयनका लागि समय लामो राखिएको आरोप पनि लगाए ।

मनोनयन एक हप्ता गराए पनि एमालेलाई कुनै फरक नपर्ने उनको भनाइ छ । त्यस्तै, अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई लोभिपापीहरूको गठबन्धनको संज्ञा दिँदै गठबन्धन लामो समय टिक्न नसक्ने तर्क गरे । एमाले नेतृत्वको सरकारले बिकासका धेरै काम गरेको भन्दै वर्तमान सरकारले भने कुनै काम गर्न नसकेको उनले बताए ।

कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले प्रवेश गराएका थिए ।

कार्यक्रममा व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरे । उनले माओवादी र समाजवादीले एकमात्र सिट जिते भने पनि आफ्नाे सबै सम्पति दिने घाेषणासमेत गरे ।

यो पनि :

माओवादी र समाजवादीले एकमात्र सिट जिते भने पनि सबै सम्पति दिन्छु : दुर्गा प्रसाई