स्थानीयले गरे मुड्खु–ककनी सडकखण्ड अवरुद्ध, फोहोर बोकेका टिप्पर फिर्ता

काठमाडौं । मुड्खु–ककनी सडकखण्ड पिचको माग गरी स्थानियले तिनपिप्लेमा भेला भएर सडक अवरुद्ध गरेका छन् । स्थानीयको अवरोधका कारण नुवाकोटतर्फ जाने फोहोरका टिप्परहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, बल्खु पुलबाट सुन्दरीघाट जाने सडकमा ग्याभ्रलिङको काम भइरहेका कारण उक्त स्थानमा संचालन हुने सवारी साधन प्रभावित भएका छन् ।

ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने आउने सवारी साधनलाई शुक्रबार पनि क्यान्सर अस्पताल–सानागाउँ–इमाडोल—ग्वार्को हुँदै सञ्चालन गरिएको छ । उक्त स्थानमा सडक मर्मतका कारण सवारी साधन डाइभर्सन गरिएको हो ।