चुनावमा कसैसँग गठबन्धन नगर्ने राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्पष्ट

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा राप्रपाका अध्यक्ष लिङ्देनले उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा स्थानीय तहको चुनावमा कुनै दलसँग तालमेल नगर्ने बताएका हुन् ।

अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भए पनि अहिलेसम्म आफ्नै बलबुताले लड्ने क्षमता रहेको बताए ।

जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने उल्लेख गरे । उनले देश ३१ वर्ष निकम्माहरुले शासन गर्दा अहिलेको अवस्था आएको आरोप पनि लगाए ।

जनसभामा राप्रपाका केन्द्रीय नेता विक्रम पाण्डे, हरीबहादुर बस्नेत, ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गरेका थिए ।