गण्डकीका मन्त्री मनाङेले कुटे कर्मचारी

काठमाडाैं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबार कर्मचारीमाथि हातपात गरेका छन् ।

मंगलबार ५ बजेपछि मन्त्रीको कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि उनले हातपात गरेका हुन् ।

शाखा अधिकृत ओझामाथि मंगलबार हातपात गरिएको मन्त्रालय स्रोतले पुष्टि गरेको छ।

मन्त्रालयका एक कर्मचारीका अनुसार फाइल लिएर गएका ओझासँग मन्त्रीको भनाभन भएको थियो । भनाभनकै क्रममा मन्त्री मनाङेले धकेल्दै ओझालाई कुटपिट गरेका थिए ।

तर मनाङेले भने आफूले कुटपीट नगरी सम्झाएकाे प्रतिक्रिया दिएका छन् ।