कमल थापाले ‘सूर्य’ रोजेपछि रावलको व्यंग्य : ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ?

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्नबाट निर्वाचनमा उठ्ने अभिव्यक्ति दिएपछि एमाले नेता भीम रावलले एमाले पार्टीमाथि व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राववले लेखेका छन्- उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त ?

उनले थापाको यो अभिव्यक्तिलाई छेपारो करामत पनि भनेका छन् । उनले समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ? भनी पनि व्यंग्य पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् । उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१