काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीले बन्दी रिहाइको माग राखेर सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
बास्ताेलाले प्रचण्डसँगकाे भेटका बारेमा फेसबुकमा उल्लेख गरेका छन् । ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल । लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँग भेट र सुस्वास्थ्यको कामना ।’
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले नेकपाका नेताहरूलाई माओवादीमा ध्रुवीकरणका लागि प्रस्ताव गरेको बताएका थिए । नेकपाभित्र बास्ताेला र वली चुनावकाे पक्षमा छन् ।
चुनावको पक्षमा रहेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरु प्रचण्डलाई भेटेका हुन् ।