ठूला दलहरुले मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनाए : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरुको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले बिभिन्न परितर्वन भएपनि ठूला दलहरुका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाएका हुन् ।

उनले देश असफल भए नेताहरुको केहि नबिग्रने तर युवाहरुको भविष्य बिग्रने धारणा राखेका छन् । उन्ले राप्रपाले देश र जनतामाथि धोका नगर्ने प्रतिवद्धता जनाएका छन् । राप्रपाले अहिले चलाएको अभियान र आन्दोलन देशलाई माया गर्ने सवै जनताले चलाएको अभियान भएको उनको भनाई छ ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।