भारतीय महावाणिज्य दूतावासले गर्‍यो वीरगंजको नारायणी रंगशालामा ‘एथलेटिक्स मीट’

वीरगञ्ज । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा वीरगंजको नारायणी रंगशालामा एक दिन लामो एथलेटिक्स मीटको आयोजना गरिएकाे छ । गत शनिबार आयाेजना गरिएकाे मिटमा दूतावासकासहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वीरगञ्ज महानगरपालिका, दूरसञ्चार विभाग, विद्युत विभाग, ज्ञानदा एकेडेमी, डिपिएस र डीएभी आरबी केडिया स्कुल र वीरगंजको नागरिक समाजका करिब एक सय खेलाडीको सहभागिता रहेको थियो ।

मिटमा सात ट्र्याक इभेन्टहरू (१०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १६०० मिटर, ४x१०० मिटर रिले र ४x४०० मिटर रिले) र चार फिल्ड इभेन्टहरू (लङ जम्प, हाई जम्प, डिस्कस थ्रो र सटपुट) आयोजना गरिएको थियो। ।

एथलेटिक्स मिटलाई महावाणिज्यदूत नितेश कुमारले शुभारम्भ गरेका थिए । कार्यक्रममा सहभागीहरूले पूर्ण उत्साह देखाएका थिए । प्रत्येक खेलमा तीन पुरस्कारहरू थिए : स्वर्ण, रजत र कास्य । व्यक्तिगत इभेन्टका लागि ५१, उत्कृष्ट खेलाडीको लागि १ शिल्ड र उत्कृष्ट टोलीलाई १ ट्रफीसहित ५३ वटा पुरस्कार प्रदान गरिएको थियो ।

वीरगंज महानगरपालिकाको टोली सर्वोत्कृष्ट टोली र सोही टोलीकी संगीता यादव उत्कृष्ट खेलाडी घोषित भइन् । प्रदर्शनको आधारमा सशस्त्र प्रहरी बल दोस्रो र डीएभी आरबी केडिया स्कूल र भारतीय महावाणिज्य दूतावास पछि परेको थियो ।

करिब दुई दशकअघि स्थापना भएयता वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासद्वारा आयोजना गरिएको यो पहिलो एथ्लेटिक्स मिट हो । कार्यक्रमको उद्देश्य स्वास्थ्य र तन्दुरुस्तीको महत्वलाई रेखांकित गर्नु र जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्नुका साथै वाणिज्य दूतावाससँग वीरगन्जका विभिन्न सरकारी निकाय र नागरिक समाजबीच सद्भाव, समन्वय र सहकार्यको विकास गर्नु रहेकाे थियो ।