मतदाताको खुट्टामा दाम चढाएर भोट माग्दै कांग्रेस नेता !

काठमाडौं । नेपाली कांग्रेसका एक नेताले मतदाताको खुट्टामा हजारको नोट चढाएर भोट माग्दै गरेको पाइएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका नेता अमृत खनालले मतदाताको खुट्टामा हजारको नोट चढाएर भोट मागिरहेका छन् ।

चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेको नेपाली कांग्रेसकै नेताहरूले बताएका छन् ।

खनालले हैसियत हेरेर एक हाजार देखि तीन हजार रूपैयाँसम्म खुट्टा चढाएर भोट मागिरहेका छन् । राप्रपासँग चुनावी तालमेल गरेका कांग्रेस उम्मेदवारको व्यवहारले स्थानीय छक्क परेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघनमा कारबाही गर्न सक्ने भए पनि उनीमाथि कारबाही गरेको भने छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१