बागलुङ । बागलुङकाे बरेङ गाउँपालिका वडा नं १, धुल्लुबास्कोटमा गठबन्धन दलले चुनावी अभियान तीव्र बनाइरहेकाे छ । नेपाली कांग्रेसका नेता डिल्लीराम सुवेदीलगायतका नेताहरु चुनाव प्रचारमा लागेका छन् ।
बरेङ -१ मा गठबन्धनकाे तर्फबाट वडाध्यक्षमा राष्ट्रिय जनमाेर्चाका नरसेङ पुन, खुला सदस्यमा पूर्णबहादुर थापा र छत्रबहादुर थापा, खुला महिला सदस्यमा चन्द्रकला केसी र दलित महिला सदस्यमा राधिका लाेहार उम्मेदवार छन् ।
यसैगरी गाउँपालिका अध्यक्षमा जनमाेर्चाका कृष्णप्रसाद शर्मा र उपाध्यक्षमा नेपाली कांग्रेसका दिलिपकुमार पुन उम्मेदवार रहेका छन् । जनमाेर्चका शर्मा यसअघि पनि गाउँपालिका अध्यक्ष हुन् । उनले अध्यक्षबाट राजीनामा दिएर गठबन्धनका तर्फबाट पुन: उम्मेदवारी दिएका हुन् ।