चितवन । माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा एमालेले जित निकालेको छ ।
यसअघि माओवादीले जितेको माडीको मेयरमा यसपटक एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी हुन् ।
ताराकुमारीले ९ हजार ९०१ मत प्राप्त गरेर मेयर जित्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्लेले ७ हजार ७२९ मत पाए ।
उपमेयरमा भने नेपाली कांग्रेसका खेमप्रसाद महतोले ६ हजार ८३० मतले जितेका छन् ।