धनगढीवासीलाई गोपाल हमालले भने– मलाई उद्घाटन गर्न नबोलाइदिनुहाेला

काठमाडाैं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई ‘उद्घाटन कार्यक्रम’मा नबोलाउन नगरवासीलाई आह्वान गरेका छन् ।

मेयरमा निर्वाचित भएपछि साेमबार शपथग्रहण गरेपछि हमालले अतिआवश्यक कामबाहेक उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मान आदि कार्यक्रममा नअल्झाउन आह्वान गरेका हुन् ।

हमालले भनेका छन् ‘अत्यावश्यक कामबाहेक उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । यहाँहरूको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुर्‍याइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउनेछु ।’

स्थानीय तहकाे चुनावबाट हमाल धनगढी उपमहानगरपालिकाकाे मेयरमा निर्वाचित भएका हुन् । उनले साेमबार नै पदभार ग्रहण गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१