काठमाडाैंकाे मेयरमा बालेन शाहकाे जित पक्का

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित पक्का गरेका छन् । मतगणना जारी रहँदा नै बालेनले जित पक्का गरेका हुन् ।

प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २० हजार १९६ मतको अग्रता लिएका छन् । जबकी अब काठमाडौंको १९ हजार ६४९ मत मात्रै गन्न बाँकी छ ।

अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ३५ प्रतिशत भोट ल्याइरहेका छन् । काठमाडौंमा स्वतन्त्र व्यक्ति मेयर निर्वाचित भएको पहिलोपटक हो ।