काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा एमालेकी सुनिता डंगोलको जित पक्का भएको छ ।
अब करिब १५ हजार मत मात्रै गणना गर्न बाँकी छ। बिहीबार बिहानसम्म अन्तिम मतपरिणाम आउनेछ ।
पछिल्लो मतपरिणाम अनुसार बालेन शाहले ५६ हजार ७३४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार ८६३ र नेकपा एमालेका केशव स्थापितले ३५ हजार २७५ मत प्राप्त गरेका छन् ।