
काठमाडाैं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सरकारले संसदमा पेश गरेको बजेटको मूल दिशा सही भएको बताएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै रिजालले बजेटको प्राथमिकता ठीक रहेको बताएका हुन् ।
‘बजेटको मूल दिशा ठीक छ, अर्थमन्त्रीलाई धन्यवाद दिनुपर्छ । ठीक प्राथमिकता राखेको छ,’ रिजालले भने । कांग्रेस नेता रिजालले ८ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्यलाई एमालेले गलत भन्न नमिल्ने उनले तर्क गरे ।
‘गत वर्ष तपाईं (पूर्व अर्थमन्त्री विष्णु पौडेलप्रति लक्षित गर्दै) हरूले ६ दशमलव ५ प्रतिशत वृद्धिको कुरा भन्नुभएको थियो, जतिबेला नेपालमा कोरोनाको संकट थियो, खोप प्रभावकारी भएको थिएन । अहिले ८ प्रतिशतभन्दा असम्भव भन्ने ?’
रिजालले भने, ‘भूमिका फेरिँदैमा बोलीमा आकाश जमिनको फरक हुनु हुँदैन ।’ रिजालले कर्मचारीको तलब वृद्धि र वृद्धभत्ताको उमेर घटाएको समयमा सरकारको बचाउ गरे । ‘मेरा पूर्ववत्ता (पौडेल) ले वृद्धभत्ताको उमेर ६८ वर्ष किन भयो ? वृद्धभत्ता ५ हजार किन भएन भनेर प्रश्न गर्नुभयो,’ रिजालले भने, ‘सरकार फेरियो, तपाईंको घोषणाको कार्यक्रम किन आउँथ्यो ?’
हेर्नुहाेस् भिडिओ :