काठमाडाैं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले पाँच जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय लिएको छ ।
पुराना पाँच मन्त्री फिर्ता भएपछि नयाँ जिम्मेवारी पाउनेहरुबारे समाजवादीले छलफल अघि बढाएको छ । समाजवादी स्राेतका अनुसार आले फिर्ता आएपछि पर्यटनमन्त्रीमा सांसद जीवनराम श्रेष्ठको सम्भावना छ ।
यस्तै, अन्य सम्भावित मन्त्रीहरुमा हिराचन्द्र केसी, मेटमणि चौधरी, शेरबहादुर कुँवर रहेका छन् ।
समाजवादीको आइतबार बसेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।
यस्तै, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई दिने बताइएकाे छ ।