रावलकाे प्रश्न : त्रिविमा बलजफ्ती ताला लगाउँदा गठबन्धन सरकारलाई लाज किन लाग्दैन ?

काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य भीम रावलले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि सत्ताको आडमा ताला लगाइएको भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमामार्फत रावलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रश्न गरेका छन्, ‘त्रिभुवन विश्वविद्यालयमा कांग्रेसी विद्यार्थीले लामो समयदेखि सत्ताको आडमा ताला लगाएका छन् । यही हो प्रधानमन्त्री देउवा सरकारले विश्वविद्यालयलाई उत्कृष्ट केन्द्र बनाउने भनेको ?’

उनले गठबन्धन सरकारले जिम्मेवारी बोध नगरेको पनि बताएका छन् । ‘शिक्षा र ज्ञान आर्जनको केन्द्रमा बलजफ्ती ताला लगाउँदा गठबन्धन सरकारलाई लाज किन लाग्दैन ? जिम्मेवारी बोध गरिएको खोइ ?’