वरिष्ठ अमेरिकी सैन्य अधिकारी फ्लिन नेपालमा

काठमाडाैं । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन बिहीबार मध्यान्ह नेपाल आइपुगेका छन् ।

नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरे । चारदिने भारत भ्रमण सकेर फ्लिन बिहीबार नेपाल आएका हुन् ।

उनी अमेरिकी सेनाको बिशेष विमानबाट नेपाल उत्रिएका हुन् । फ्लिन चार दिन नेपालमा रहनेछन् । फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालयमा भेटवार्ता गर्ने तय भएको छ ।

प्रधानमन्त्री देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमणअघि अमेरिकी सैन्य अधिकारीको भ्रमण भएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१