काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले डेढ वर्षभित्र काठमाडौं महानगरमा विद्युतकाे तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।
महानगर कार्यपालिकाको दोस्रो बैठकमा उठेका प्रश्नहरुको जवाफमा मेयर साहले डेढ वर्षभित्र महानगरभित्रका तारहरु अन्डरग्राउन्ड हुने बताएका हुन् ।
उनले भने, ‘विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता दिनुभएको छ । जुनमा महानगरपालिकाको सहकार्य रहनेछ ।’
उनले महानगरमा देखिने ढल खानेपानी सडकका समस्या समाधान सबै निकायसँग सहकार्य गरिने पनि बताए ।