काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् ।
पेरिसडाँडामा ओयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको २१ औं स्मृति सभामा बोल्दै प्रचण्डले कुनै सम्झौता नभएको दाबी गरे ।
उनले भने, ‘अहिले फेरि एकपटक कुनै न कुनै राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने विगतमा देखेको हो, हिजोआज पनि एसपीपी भन्ने हुँदै छ रे भनेर प्रचार गरिएको छ । विल्कुल झुटो हो ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०१९ सालमा उक्त सम्झौता गरेको आराेप पनि लगाए ।