काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको जवाफ सुन्न इन्कार गर्दै प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।
तर, एमालेकै सांसद भीम रावल भने संसदको प्रक्रियामा सहभागि भएका छन् ।
रावलले प्रधानमन्त्रीका तर्फबाट सांसदमा जवाफ दिएका गृहमन्त्री बालकृष्ण खाँणलाई स्टेट पार्टनरसिप प्रोग्रामबारे प्रश्न समेत गरेका छन् ।
रावलले साेधे, ‘सन् २०१५ मा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले प्रधानसेनापतिलाई अमेरिकी राज्य साझेदार कार्यक्रमलाई पत्र लेख्न अह्राएको जानकारी छि कि छैन ?’