
काठमाडौं । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन पठाएको पत्र सार्वजनिक भएको छ ।
पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। उनले २७ अक्टोबर २०१५ (२०७२ कात्तिक १० गते) मा सो पत्र पठाएको देखिन्छ ।
त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली थिए । उनी २०७२ असोज २५ गते तत्कालीन व्यवस्थापिका संसद्मा भएको निर्वाचनबाट प्रधानमन्त्री निर्वाचित भएका थिए ।
पत्र पठाउँदा नेपाली सेनासँग सम्बन्धित मन्त्रालय रक्षा मन्त्रालयको जिम्मेवारी पनि ओलीले नै सम्हालेका थिए ।
यस्ताे छ पत्र :