काठमाडौं । विवेकशील साझा पार्टी छाडेका अब्दुस मियाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी घोषणा गरेका छन् ।
उनले आइतबार एक विज्ञप्ति जरी गरी मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
उनले भनेका छन् ‘प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ म काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’
मियाले असार ११ गते शनिबार औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।