त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप

काठमाडाैं । त्रिचन्द्र कलेजमा नेकपा एमाले निकट अनेरास्ववीयु र प्रहरीबीच झडप भएको छ । अनेरास्ववीयुले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पर्दशन गरेको थियो ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भएको हो ।

प्रदर्शनकारी र प्रहरीबिच ढुंगा हानाहान भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाएर विरोध गरेका थिए।

निगमले पेट्रोल एक लिटरमा २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ । एक लिटरमा एकैपटक यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलो पटक हो ।