नागरिकतालगायतका महत्वपूर्ण विधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्छ : सभामुख सापकाेटा

काठमाडाैं । सभामुख अग्नि सापकोटाले नागरिकतालगायतका महत्वपूर्ण विधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन् ।

आइतबार संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण धेरै गुनासो आएको भन्दै नागरिकता लगायतका प्रतिस्थापन विधेयक चालु अधिवेशनबाट पास गर्नुपर्ने बताएका हुन् ।

उनले गुणस्तरीय कानुन बनाउनु मुख्य दायित्व भएको र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने बाहेक कुनै स्वार्थ नरहेको धारणासमेत राखे । भ्रष्टाचार भनेको कुनै बजेट र आर्थिकसंग मात्रै सम्बन्धित कुरा मात्रै नभएको भन्दै उनले सुशासन कायम गर्दै सवै क्षेत्रमा हुने भ्रष्टचार नियन्त्रण गर्नुपर्ने जिकीर गरे ।

कार्यक्रममा सभामुख सापकोटाले संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक बिमोचन गरेका थिए ।