काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)की सासंद रामकुमारी झाक्रीले सहरी विकास मन्त्रीबाट राजीनामा दिएकी छन् ।
उनले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएको घोषणा गरिन् ।
बिदाई कार्यक्रममा उनी भावुक बनिन् । झाक्रीले बारम्बार कागजले आँसु पुछिन् । उनको कार्यकालमा भएको कामको कर्मचारीले फेहरिस्त सुनाउँदा उनी आँसु खसाल्न थालिन् । आफू बोल्ने पालो आएपछि पनि उनले केही भनिनन् ।
‘आगामी दिनमा पनि काम गर्दै जाउँला’, मन्त्री झाक्रीले भनिन्, ‘खासै बोल्नुपर्ने कुरा केही छैन ।’ उनले बारम्बार आँसु पुछिन् । बोल्न नसक्ने अवस्था उत्पन्न भएपछि घोसेमुन्टो लगाइन् ।