विप्लव छाडेका पुनसहित ६७ सदस्य माओवादी केन्द्रमा प्रवेश

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरुलाई बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन् ।

पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ६७ जना सदस्यहरु माओवादी प्रवेश गरेका हुन् ।

माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्व केन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका थिए ।