
काठमाडाैं । रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयाेगमा दर्ता भएपछि दाइ हरिशरण लामिछानेले राम्राे भएकाे प्रतिक्रिया दिएका छन् ।
भाइकाे पार्टी दर्ता भएपछि उनले भने, ‘प्रक्रियागत रुपमा दर्ता भएकाे छ । याे राम्राे कुरा हाे । यसबारे धेरै टिप्पणी नगराैँ ।’
सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको हाे ।
पार्टीकाे चुनाव चिन्ह घण्टीले पनि आधिकारिकता पाएकाे छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह गाेलाकारभित्रकाे घण्टी रहनेछ ।
लामिछानेले यसअघि पार्टी घाेषणा गरेकाे दिन दाइ हरिशरण लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी गराएका थिए ।
लामिछानेले स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं- ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरिसकेका छन् ।