जसपा नेपालले सिफारिस गर्‍यो चार मन्त्री, काे-काे बन्दैछन् मन्त्री ?

काठमाडौं । आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन् ।

आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए ।

उनका अनुसार सम्भवत: साेमबार नै सपथ हुनेछ ।

पार्टीको आन्तरिक कलहमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेपछि उपेन्द्र यादव जनता समाजवादी पार्टीमा पुनः बलिया हुन पुगेका छन् ।

विगतमा भट्टराईलाई साथै दिँदै आएका मोहम्मद इस्तियाक राई र प्रदीप यादव उपेन्द्र पक्षमा आएका हुन् ।