भारतीय राजदूत र सभामुखबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् ।

भेटमा नेपाल-भारतबीच सदियौंदेखिको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धबारे चर्चा भएको सभामुखको सचिवालयले जनाएको छ ।

दुवै देशबाट बेलाबेलामा भइरहेको उच्चस्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थियो ।

भेटमा कोरोना महामारीको प्रतिकार्यका लागि नेपाललाई भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

लामो र ऐतिहासिक सम्बन्ध रहेको दुवै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले ‘कनेक्टिभिटी’ लाई अझ विस्तार गर्न सकिनेमा जोड दिएका छन् ।