४३८ जनामा कोरोना संक्रमण, दुई जनाकाे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७७९ पीसीआर परीक्षणका क्रममा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणका क्रममा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना कारण ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

थप २७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ९६५ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४ हजार ३६९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१