माओवादी स्थायी कमिटी बैठक सर्‍याे, अपराह्न ४ बजे बस्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजे सम्मको लागि स्थगित भएको छ ।

बिहान ९ बजेको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै ४ बजेसम्मको लागि सारिएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि बिहान बस्ने भएकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समय अभाव र स्थायी कमिटीका बाँकी सदस्य चयनमा थप गृहकार्य गर्नुपर्ने भएकोले बैठक दिउँसोको लागि सारिएको बताइएकाे छ ।

यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।