राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।

चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उनले राजीनामा दिन लागेका हुन् ।

सरकारले संसदको म्याद फागुनसम्म रहनेगरी कानून संशोधन गर्न विधेयक पेस गरेको छ ।

लिङ्देनले निर्वाचनको मिति घोषणापछि चुनावी सरकार गठन गर्नुपर्नेमा कानून संशोधन गर्न विधेयक पेस गरेकाे भन्दै दुखेसाे गरेका हुन् । उनले सरकारले निष्पक्ष चुनाव गर्नेमा पनि शंका उत्पन्न भएकाे बताए ।