एमालेले गर्‍यो मिलन चक्रेलाई गोरखा २ बाट उम्मेदवार सिफारिस

काठमाडाैं । नेकपा एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

उम्मेदवार सिफारिस भएका अन्य दुई जनामा दिनेशचन्द्र देवकोटा र कोपिला कुमाल छन् ।

समानुपातिकतर्फ जिल्ला अध्यक्ष प्रेम गुरूङको नाम प्रदेश र प्रतिनिधि सभामा सिफारिस भएको छ ।

मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकका हुन्।

यस्तै, प्रदेश सभा क्षेत्र (क) मा राजु राना, बसन्तकुमार श्रेष्ठ, गम्भीरा बराकोटी सिफारिस भएका छन्।

प्रदेश सभा क्षेत्र (ख) मा कमल दानी र बसन्त गुरूङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।

यस्तै, क्षेत्र नम्बर १ बाट गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेत, आरसी लामिछाने, कृष्ण नेपालीको नाम प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको छ । समानुपातिकतर्फ भने क्षेत्र नम्बर १ बाट विमला चेपाङको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १ को (क) बाट सुरेन्द्र थापा, विशाल थापा, गोपाल पाण्डे, देवेन्द्र श्रेष्ठ, नानीमाया थापा उम्मेदवार सिफारिस भएका छन् ।

प्रदेश सभा (ख) मा मोहन भट्टराई, कृष्ण काप्री, आरसी लामिछाने, प्रमिला खड्का उम्मेदवार सिफारिस भएका छन् ।