काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन् ।
बिहीबार एमाले कार्यालय, च्यासलमा पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसहित मियाँ पनि एमाले प्रवेश गरेका हुन् ।
मियाँ यसअघि साझा विवेकशील पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए ।