एसएसबी प्रमुख काठमाडौंमा, सीमा सुरक्षा समन्वय समितिको बैठक मंगलबारदेखि

काठमाडौं । सीमा सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रमुख सुजोय लाल थाउसेन सोमबार काठमाडौं आइपुगेका छन् ।

सीमा सुरक्षा समन्वय समितिको बैठक मंगलबारदेखि सुरु हुनेछ । बैठकमा नेपाली टोली नेतृत्व सशस्त्र प्रहरी बल (एपीएफ) प्रमुख राजु अर्यालले गर्नेछन् ।

दुई दिनसम्म चल्ने बैठकमा सीमा विवाद, सिमामा हुने अपराध र आवतजावतमा हुने समस्यालाई लिएर छलफल हुने बताइएको छ ।

बैठकमा परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधी पनि रहनेछन् । हरेक वर्ष सीमा सुरक्षा समन्वय समितिको बैठक बस्दै आएको छ । गत वर्ष यो बैठक भारतले आयोजना गरेको थियो ।