झापामा केपी ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दिन ओली आफैँ दमक पुगेका थिए ।

यो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेस खगेन्द्रपाण्डव अधिकारीले उम्मेदवारी दर्ता गराउनेछन् ।