कमल थापासँग असन्तुष्ट पाँच पदाधिकारीको प्रचण्डसँग खुमलटारमा भेट

काठमाडौँ । राप्रपा नेपालका पाँच पदाधिकारीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन्।

अध्यक्ष कमल थापाले एमालेको चिन्ह लिएर मकवानपुर १ बाट चुनाव लड्न लागेपछि असन्तुष्ट उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले माओवादी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमा गएर भेट गरेका हुन्।

भेटमा सहभागी एक नेताका अनुसार एक घण्टा छलफल चलेको थियो। भेटमा सहभागी अर्का एक नेताका अनुसार राप्रपाका ती सबै नेताहरु अध्यक्ष कमल थापासँग असन्तुष्ट छन्।

‘आफू एमालेको चिन्ह लिएर चुनाव लड्ने अनि पार्टीका अन्य नेतालाई राप्रपा नेपालकै चिन्हमा लड भन्ने उहाँको कदमले हामीलाई दुखित बनाएको छ,’ ती नेताले  भने, ‘खासमा अहिले पार्टी प्रवेश नगर्ने तर, गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने उहाँहरुले प्रतिवद्धता जनाउनुभएको छ।’

सो क्रममा माओवादी अध्यक्ष प्रचण्डले विगतमा जनयुद्धका क्रममा वीरेन्द्रसँग कुराकानी धीरेन्द्र मार्फत् हुने गरेको बताएका थिए।