काठमाडौं ४ मा गगन र राजनलाई डा. अर्चनशम्शेर राणाको चुनौती (भिडिओसहित)

काठमाडाैं । मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं ४ पनि सर्वाधिक चासोमा छ । कांग्रेस महामन्त्री गगन थापा र एमालेका डा. राजन भट्टराई उम्मेदवार भएका कारण यसपटक पनि सो क्षेत्रमा सबैको ध्यान छ ।

पछिल्लो समय गगन र राजन दुवैका लागि चुनौती बनेका छन् डा. अर्चनशम्शेर राणा । स्वतन्त्र उम्मेदवार रहेका राणाको चुनाव चिन्ह ‘लौरो’ रहेको छ । हाम्रो नेपाली पार्टीकोतर्फबाट लौरो चुनाव चिन्हमा उनी प्रतिष्पर्धा गरिरहेकाछन् ।

लौरो अभियान र स्थानीयस्तरमा राणाको लोकप्रियताले गगन र भट्टराईलाई समस्या पर्ने देखिन्छ ।

हुलाक संचारसंग कुरा गर्दै राणाले भने, ‘ मेरो जित निश्चित छ । गगन र राजन दुवै मेरो क्षेत्रमा असफल भैसके । कमलपोखरी, नागपोखरी, ढल निकास, कपनको डुवान, खानेपानी, खानेपानी र शिक्षाको अवस्था जस्ता कारणले उनीहरुको असफलताको मापन भैसकेको छ । काठमाडौं ४ का जनता उनीहरुबाट आजित भैसकेकाछन् । सबै मतदाताले मप्रति आशा देखाएकाछन् । उनीहरुकै आग्रहमा मैले उम्मेदवारी दिएको हो । मेरो जित सुनिश्चित छ । ’

डा. राणाका अनुसार चुनावम राजन दोस्रो र गगन तेस्रो स्थानमा हुनेछन् । आफूले व्यापक स्वास्थ्य बिमा योजना लागु गर्ने, संघीय शिक्षा जारी गरी शिक्षामा व्यापक सुधार गर्ने, युवा र स्वरोजगार कोष व्यवस्थापन गर्ने तथ संघीयता खारेजीलाई मुख्य एजेण्डा बनाएको उनले बताए ।

डा. राणाले आफूले काठमाडौं ४ लाई मात्र नभइ देशकै समस्या समाधानका लागि योजना र दृष्टिकोण तय गरिसकेको दाबी गरे । आफना प्रतिष्पर्धीले प्रधानमन्त्री हुने, पार्टी अध्यक्ष हुने भनि लगाएका हावादारी गफले मतदाता प्रभावित नहुने उनी बताउँछन् ।

उनले नो, नट अगेन भन्ने अभियानको पक्ष लिँदै गगन थापा पनि दोहरिन नहुने तर्क गरे । युवा जोश जाँगर र कसैको दबाबमा नरहेको उम्मेदवारलाई मतदिन समेत उनको आग्रह छ ।

विस्तृत भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१