काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन स्वार्थको गठजोड भएको टिप्पणी गरेका छन् ।
शनिबार आयोजित प्रवासी नेपाली मञ्च, साउदी अरबको कार्यक्रम सम्बोधनका क्रममा ओलीले सत्तारुढ दलहरूले बनाएको बाम लोकतान्त्रिक गठबन्धन स्वार्थहरूको गठजोड मात्रै भएको टिप्पणी गरेका हुन् ।
उनले उखानसहित गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिएका छन् ।
उनले भने, ‘टालाटुली बाटुली, कति राम्रो कठपुतली यो सरकार ।’ अहिलेको सरकार भिजनलेस, मिसनलेस भएकाे पनि दाबी गरे ।
मन र मस्तिस्कबाट देशभक्ति हटेपछि यस्तो प्रकारको सरकार बन्ने उनको भनाइ छ ।