राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन मत आवश्यक : शेखर काेइराला (संकल्पपत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो संकल्पपत्र सार्वजनिक गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उमेदवार डा. कोइरालाले शनिबार संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

संकल्पत्रमा डा. कोइरालाले मोरङ क्षेत्र नम्बर ६ मात्र होइन राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन आफूलाई मत आवश्यक भएको उल्लेख गरेका छन् ।

उनले समग्र नेपाली कांग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणका लागि मात्र लडिरहेको भन्दै मोरङको गौरवशाली इतिहास र परम्परालाई समेत निरन्तरता दिने बाचा गरेका छन् ।

संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि आफूले संकल्पपत्र सार्वजनिक गरेको उनले जानकारी दिए ।

संकल्पत्रमार्फत डा. कोइरालाले आफ्नो निर्वाचन क्षेत्रको आर्थिक असमानता र गरिबीलगायत शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तो छ संकल्पपत्र :