सुशील कोइराला सोसलिष्ट युथ सर्कलले गर्‍यो केन्द्रीय अध्ययन तथा अनुसन्धान समिति गठन

काठमाडाैं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई प्रभावकारी एवम् व्यवस्थित बनाउन ‘सुशील कोइराला सोसलिष्ट युथ सर्कल’ले केन्द्रीय अध्ययन तथा अनुसन्धान समितिकाे गठन गरेकाे छ ।

संस्थाकाे केन्द्रीय महासचिव प्रभाव कृष्ण खाँडको संयोजकत्वमा उक्त समिति गठन गरिएकाे हाे ।

समितिमा मनोनित हुने सम्पूर्णले संस्थाको उद्देश्य लक्षित विभिन्न गतिविधिहरु विधान अनुसार गर्ने विश्वास पनि उक्त संस्थाले लिएकाे छ ।