स्वर्णिम वाग्लेकाे दाबी : निर्वाचनपछि गगन थापा प्रधानमन्त्री

काठमाडाैं । अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौं क्षेत्र नम्बर-४ को एक कार्यक्रममा बोल्दै वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको बताएका हुन् ।

वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूजस्तै विज्ञहरूको टिम रहेको समेत बताए । थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलूकमा ठूलो परिवर्तन आउने उनको भनाइ छ ।

उनले भने, ‘मलाई लाग्छ-त्यस्तो नेतालाई क्षेत्र नम्बर ४ ले जिताएर पठाइदियो भने तपाईँहरूले तुरुन्तै आफ्नै निकट भविष्यमा नै प्रधानमन्त्री पाउनुहुनेछ ।’