काठमाडाैं । भाेजपुरमा सत्तागठबन्धनको चुनावी सभामा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।
विप्लव नेकपाका एक नेताले घटनाको जिम्मेवारी लिएका हुन् ।
पौवादुङमा गाउँपालिकामा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो । विस्फोटमा परी एकजना घाइते भएका छन् ।
घाइते विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले बताएको छ ।
उनको बायाँ खुट्टामा सामान्य चोट लागेको बताइएकाे छ ।
सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ ।
मोरङ, खोटाङलगायत ठाउँको कार्यक्रम भ्याएर जाने भएकाले विस्फोटको बेला प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका थिएनन् ।