हुम्ला । हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं. ३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप भएकाे छ ।
झडपमा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । त्यहाँ बिहान साढे ९ बजेदेखि मतदान स्थगित भएको र मतपेटिका सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
बिहान ८ः३० बजे वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरुबीच झडप भएको थियो ।